जनताहरुसँग प्रत्यक्ष सरोकार राख्ने र जनताहरुका विभिन्न समस्या समाधान गरि सक्षम र सफल जिल्ला निर्माण गर्नै महत्वपुर्ण जिम्मेवारी बोकेको स्थानीय निकाय चौपट हुँदा पनि कानमा तेल हाले झै गरेर बस्ने आदणीयहरुले अँझै ख्याल गर्न सकेका छैनन् किनकी उनका कुनै मान्छेलाई ५० हजारको ठेक्का मिलाईदिए अन्य जनताका लागि आएको पचसौं लाख घोटाला गरेपनि नबोल्ने यहाँको पद्दती बिगतदेखिनै चलिआएको छ । जनताहरुले निगरानी गर्ने बानीको बिकास नभएकोले समेत जिल्ला बिकास समिति बिगतका बर्षहरुमा गतिशिल हुन सकेन । जनताहरुलाई सामान्य योजना आए भैहाल्ने र अन्य ठूला बिकासे प्रक्रियाहरुमा ठूलौ घोटाला हुँदा समेत कोही नबोल्ने परिपाटीले अहिले सम्म दैलेखको भाग्य निर्माण हुन सकेको छैन् । योजनाबद्ध बिकास हुन सकेको छैन् ।
जिल्लाभर ठेक्का मार्फत संचालन भएका बिकासे गतिविधिहरु हुन् यस्ता कुराहरुमा सूचनाको हक र जनताको अपनत्वको अधिकारको कुराबाहिर आउन नसकेका कारण काममा गुणस्तरियता नहुने, ठेकेदारहरु भाग्ने लगायतका समस्याहरु अहिलेपनि कायमै रहेका छन् ।
स्थानीय निकायमा हुने लापरवाही र त्यसको रोकथामको महत्व पुर्ण जिम्मेवारी सँगै जिल्लाका हरेक बिकास गतिविधिहरुलाई चुस्त दुरुस्त राख्नका लागि जिल्लाका राजनीति दल र कार्यालय प्रमुखको भूमिका महत्वपुर्ण हुने कुरा लाई सबैले ख्याल गर्नुपर्ने देखिन्छ ।








